एकै परिवारका ३ जनाले किन गरे आत्महत्या ?

450
views

सीताराम थापा
चितवन । भरतपुर महानगरपालिका १८ मा एकै परिवारका ३ जनाले एकैसाथ आत्महत्या गरेका छन । भरतपुर शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एक परिवारका आमासहित २ सन्तानले पनि आत्महत्या गरेका हुन् । मृतकहरुमा करीब ३३/३४ वर्षीया आमा माया आले मगर, करीब १३/१४ वर्षीया छोरी विनिता र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक रहेका छन् । प्रहरीका अनुसार उनीहरुले घरभित्रै एकै स्थानमा ३ वटा सलको पासो लगाएर आत्महत्या गरेका हुन् ।

एकै स्थानमा ३ जना आत्महत्या गरेपछि घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतकको श्रीमान नरबहादुर आले मगर नेपाल सेना काठमाडौंमा कार्यरत छन्। आमाले नै छोराछोरीलाई झुण्डाएर आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मतृकहरुको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुसील सिंह राठौरले बताएका छन ।