एल.आई.सी. बाट उत्कृष्ट अभिकर्ता अधिकारी सम्मानित

2167
views

पर्वत । पर्वत जिल्लामा रहेर उत्कृष्ट काम गर्नुभएको भन्दै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले पर्वतका एजेन्सी म्यानेजर गोविन्द अधिकारीलाई सम्मान गरेको छ ।

बागलुङमा अभिकर्ताको लागि आयोजना गरेको उत्प्रेरणात्मक तालिम तथा गोष्ठीमा अधिकारीलाई सम्मान गरिएको बिमा कम्पनीले जनाएको छ । अधिकारीले झण्डै ४ बर्षदेखि एल.आई.सी.मा आवद्ध रहेर काम गर्दै आउनुभएको छ । सम्मान कार्यक्रममा बोल्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तीदारले उहाँले बैशाख १ गतेदेखि धनवृष्टी योजना सुरुवात गर्न लागेको जानकारी दिँदै योजनाबद्ध तरिकाले कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण अभिकर्ताहरुलाई विमाको विषयमा सत्य बताएर मात्र पोलिसी विक्री गर्न आग्रह गर्नुभयो ।

सम्मान पाउनुभएका एजेन्सी म्यानेजर अधिकारीले बिमाको बारेमा अझै पनि समाजमा सचेतना पैmलिन नसकेका कारण बीमा गर्नु राम्रो हो भन्ने धेरैलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो । कतिपय नागरिकको बुझाई बीमा बापतको रकम मृत्यूपछि मात्र पाईने बुझाई रहेको र त्यो गलत भएको उहाँको भनाई छ । बीमा गर्नेहरुले जीवीतै छँदा समेत बीमा रकमको सदुपयोग गरेर स्वरोजगार बन्न सक्ने भएकोले हरेक व्यक्तिले जीवनलाई सुरक्षित राख्न बीमा गर्नुपर्ने उहाँको सुझाव छ ।

कार्यक्रममा अभिकर्ताहरु राममाया घिमिरे, रन्जिता शर्मा, रामकाजी भण्डारी, जुना पन्त केसी, निर्मला खडका, सरस्वती शर्मा आचार्य, गीता थापा, सुदर्शन कँडेल, सरिना श्रेष्ठ, मेलिना पुन थापा र भूपेन्द्र थापालाई पनि सम्मान गरिएको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तीदारले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रम शाखा प्रमुख शम्भु सिलवालको अध्यक्षता, एजेन्सी म्यानेजर तथा बरिष्ठ अभिवकर्ता राममाया घिमिरेको स्वागत र बजार प्रमुख अर्जुन घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।