यसरी मनाइयो घोडेजात्रा

926
views

हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइएको छ ।

काठमाडौंको टुँडिखेलमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन सहति घोडेजात्रा मनाइएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित शहर बासिन्दाले विभिन्न उपायले त्यसलाई संहार गरेपनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रहेकोले हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले दुःख दिँदैन भन्ने मान्यता छ ।