तेजशको ‘भँगेरी’ युटुव ट्रेनिङ सँगै सामाजिक सञ्जालमा भाईरल

1048
views

निर्मल पौडेल
पर्वत । चर्चित लोक तथा दोहोरी गायक सर्जक तेजश रेग्मीको भँगेरी चरी गिती एल्वमं यतिवेला सामाजिक सञ्जालमा भाईरल भएको छ । निकै मार्मिक र कालजयी गितहरु जन्माउने लोक संगित शव्द लयका खानी रेग्मीको पछिल्लो भँगेरी एल्वम युट्युव ट्रेनिङमा पर्न सफल भएको र धेरै दर्शक स्रोताहरुले रुचाएका हुन् ।

युट्युवको ट्रेनिङमा मात्र हैन अन्य सामाजिक संजाल फेशवुक टिकटकमा समेत भँगेरी पहिलो स्थानमा छ । रेग्मीले भँगेरी चरीलाई एउटा प्रेमी प्रेमीकाको प्रतिकको रुपमा राखेर सिर्जना गरेको गितमा लय शव्द स्वर र अभिनय आँफैले गरेका छन् । रेग्मी लाई गायिका रिना केसीले साथ दिएकी छन् ।

शिव विकले निर्देशन गरेको भँगेरीमा सतिस अधिकारी पुजन घिमीरे,संगम शर्माको अभिनय रहेको छ । एस् के थ्री इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत वजारमा आएको भँगेरी ट्रेनिङको ३५ औँ स्थानमा आएको हो । करिव ६ दर्जन भन्दा वढि गितहरुमा स्वर संगै लय शव्द गरेका रेग्मीले भँगेरी चरीवाट दर्शक स्रोताको सोच्न नसकेको माया पाएको वताए। सामाजिक सञ्जालमा भाईरल भएको देख्दा आँफै भ्रममा परेको वताए ।

भँगेरीको अपार सफलता पछि रेग्मीले पिँडालु केही दिनमा वजारमा आउने जानकारी दिए । रेग्मीका वाई वाई माया, रातो डोली लगायत अन्य रत्यौली, रोइला लगायत दोहोरी गितहरु धेरै दर्शक स्रोताको मनमा अमिट भएर वसेका छन् ।