सांसद कोषको पैसाले गाउँगाउँमा सडक

728
views

सीताराम थापा
वाग्लुङ । सांसद कोषको रकमले गाउँगाउँमा मोटरबाटो पुगेपछि ग्लकोटवासी हर्षित बनेका छन् । बागलुङ जिल्लाको गल्कोट नगरपालिका काउलेखोला जनहित सानोखोला मोटरबाटोको उद्घाटन भएपछि स्थानीय खुसी भए । सडकको सांसद प्रकाश शर्मा पौडेलले गरेका थिए ।

शर्माले सिंहदरबारको अधिकार गाँउ गाउँमा आएको भन्दै उक्त अधिकारको प्रयोग सडकमा समेत गरिएको उल्लेख गरे । काउले खोला जनहित सानोखोला मोटरबाटो सडक निर्माणले यहाँका स्थानीय प्रतयक्ष लाभान्वित हुनेछन् । जस्ले वाग्लुङ्ग बजारसँग नजिकबाट जोड्ने भएको छ ।

सडक निर्माणपछि यहाँका वासिन्दाले उत्पादन गरेको तरकारी, फलफुल जस्ता विभिन्न उत्पादनमुखी सामाग्रीसँगै बजार आउन सहजता हुनेभएको छ । सडक उद्घाटन समारोहको आयोजना काउले खोला सडक निर्माण समिति गलकोट नगरपालिका वडा ७ ले गरेको थियो ।

कार्यक्रममा बोल्दै सांसद शर्माले काठमाडौंमा बसेर गाँउको समस्या समाधान नहुने भन्दै सम्पूर्ण पार्टीको प्रयासले स्थापित गणतन्त्रले जनताको समस्या समाधानमा सहयोग पुगेको बताए ।

उनले मुुकमा दुईतिहाईको सरकार भएको र सरकारको नृतृत्व गरेको नेकपा सरकारले विकासका लागि प्रतिपक्षमा रहेको नेपाली काग्रेससँग समेत हालेमालो गरेर अगाडि बढने बताउँदै गलकोटमा मोटरबाटो, खानेपानी र टेलिकमका टावरहरु निर्माण हुनुमा आफ्नो योगदान रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जनप्रतिनिधि राजनैतिक पार्टी भन्दा जनता प्रति उत्तरदायि बन्नुपर्ने बताए ।