देजमोको राष्ट्रिय सम्मेलनः अध्यक्षमा गजुरेल, ९५ सदस्यिय केन्द्रीय समिति निर्माण

684
views

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको राष्ट्रिय सम्मेलनको बन्दसत्र पुरानो बानेश्वरको ओमसाई पार्टीप्यालेसमा मंगलवार भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले ९५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । अध्यक्षमा सिपी गजुरेल निर्वाचित भएका छन् ।

ओम साई पार्टी प्यालेसमा गरिएको केन्द्रीय समितिको पहिलो वैठकले मोर्चाका अध्यक्ष तथा महासचिव चयन गरेको छ । मोर्चाको पहिलो वैठक निर्वा्चित केन्द्रीय समितिका ज्येष्ठ नागरिक कमल चौधरीको अध्यक्षतामा बसेको थियो । अध्यक्ष कमल चौधरीको प्रस्ताव पछि बैठकले मोर्चाका अध्यक्षमा सीपी गजुरेललाई चयन गरेको थियो ।

त्यसपछि महासचिवका रुपमा अध्यक्ष गजुरेरलले परि थापालाई प्रस्ताव गरेपछि वैठकले थापालाई महासचिवमा चयन गरेको थियो । बाँकी पदाधिकारी, तथा विभागहरुको गठन बुधवार चयन गरिने बताइएको छ ।