भारतमा लोकसभाको निर्वाचन आजबाट शुरु

523
views

एजेन्सी । भारतमा बिहीवार लोकसभाको पहिलो चरणको मतदान शुरु भएको छ । १८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि मतदाताले आफ्ना प्रतिनिधि छान्दै छन् । मतदान बिहान ७ बजे शुरु भएको छ । प्रमुख निर्वाचन आयुक्तले सबै मतदातालाई अत्यधिक रूपमा मतदान गर्न आह्वान गरेका छन् । केन्द्रमा सरकार बनाउन ७ चरणमा निर्वाचन हुँदै छ ।

पहिले चरणमा भारतका आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानाका सबै लोकसभा सिटका लागि मतदान गरिने व्यवस्था मिलाइएको छ। साथै असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, महाराष्ट्र, मणिपुर, उडिशा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालमा लोकसभाका केही सिटका लागि मतदान हुँदै छ।