गुल्मी जीप दुर्घटनाः पूर्वसांसदसहित तीनजनाको मृत्यु

714
views

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराइमा भएको जीपमा पूर्व सांसद सहित तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

दर्लिङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज, १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भन्डारी, १३ वर्षीय बालक ओस्कार विक र कौशिला थापाको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते ७ जनाको वामीस्थित लुम्बिनी वामी हस्पिटलमा उपचार भैरहेको छ । घाइते हुनेमा मालिका गाउँपालिका–२ का एकै परिवारका चारजना घाइते भएका थिए । घाइतेमध्ये २६ वर्षीया कौशिला थापाको मृत्यु भएको हो ।

३२ वर्षीय सूर्यबहादुर थापा,३ वर्षीया कृतिमा थापा,५ वर्षीय जेनिस थापाको अस्पतालमा उपचार भइरहेको छ। यसैगरी १८ वर्षीय नरेन्द्र श्रीष,मुसिकोट नगरपालिका( १ का ४० वर्षीय भोजबहादुर भटराई र सोही ठाउँकी ३८ वर्षीया रिमा भट्टराई र चालक कमल पुरीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर भएकालाई पाल्पा रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।