लिड बल्बबारे अपारदर्शिता भएको भन्दै सर्वोच्चमा रिट दायर

630
views

काठमाडौं ३, जेठ । बुधबार लिड बल्ब बारे सर्वोच्चमा रिट दायर भएको छ । सार्वजनिक खरिद नियमावलीलाई छलेर भारतीय कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सँग लिड बल्ब खरिदका लागि अपारदर्शी निर्णय भन्दै त्यसलाई रोक्नसर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
राष्ट्रलाई भार पर्ने गरी भारतीय कम्पनी ईईएसएलबाट दुई करोड थान लिड बल्ब खरिद गर्ने तयारी भइरहेको दाबीसहित अधिवक्ता नारायण चौलागाईं र लेखनाथ भट्टराईले रिट दायर गर्नुभएको छ ।
नेपाल र भारत सरकारका ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटीको गत असार १३ र १४ गते सम्पन्न तेस्रो बैठक र फागुन २ र ३ मा सम्पन्न चौथो बैठकको निर्णयअनुरूप लिड बल्ब खरिद बिक्रीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन भारत सरकारले ईईएसएल कम्पनीलाई तोकिएको दाबी रिटमा छ । लिड बल्ब खरिदका लागि मन्त्रिपरिषद्को गत वैशाख २१ गतेको बैठकले सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ बोलपत्रबिनै खरिद कार्यका लागि नेपाल विद्युत् प्राधिकरणबाट चैत १३ गते समझदारीपत्र भएको भन्दै रिटमा तत्काल खरिद रोक्न माग छ ।