सरकारकै अनुमतिः माफिया संस्था खुलेआम क्रिस्चियन धर्म प्रचारमा

880
views

सीताराम थापा
वाग्लुङ्ग, २९ चैत । अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र केही राष्ट्रिय संस्थाहरुले सरकारकै अनुमतिमा क्रिस्चियन धर्मको प्रचार गरिरहेको छ । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको खुल्न आएको छ ।

मेरी स्टोप्स इन्टरनेशनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत लगायत अन्य थुप्रै आईएनजिओ र साझेदार एनजिओहरुले धर्म संलग्न भएका उल्लेख छ । आईएनजीओले समाजकल्याण परिषद, प्रमुख जिल्ला अधिकारी र सम्बन्धित मन्त्रालयसँग जवाफ माग्ने भएको आधिकारीक श्रोतले बताएको छ ।

क्रिश्चियन धर्म प्रचारमा जिल्ला प्रशासन र समाज कल्याण परिषदको समेत चलखेल र डिजाईन भएकोले आईएन जिओहरुको उक्त कार्य नरोकिने नागरिकहरुको भनाई छ ।

एनजिओ, आईएनजिओ नियन्त्रण गर्ने नाममा ठुला हाउस र माफियाहरुले काठमाण्डौमा सरकारसंग मिलेर डलर खेती गरिरहेको नागरिक अभियान्ता एवं लेखक सीताराम थापा बताउँछन् ।