बषौंपछि उठाईंदै सगरमाथा आरोहीका शव

2210
views

काठमाडौं, २९, चैत । सगरमाथा क्षेत्रमा रहेका र वर्षौँदेखि उठाउन नसकिएका शवलाई सगरमाथा सरसफाई अभियानका क्रममा उठाउन लागिएको छ । सगरमाथाको पाँच हजार मिटरमाथि ज्यान गुमाएका आरोहीका शव वर्षौँसम्म उठाइएको छैन । सरकारले १२ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा यही अप्रिलदेखि जुनसम्म गर्ने ४५ दिने सगरमाथा सफाइ अभियानका क्रममा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएकाहरुको शव उठाउने भएको हो ।

अभियानका क्रममा सगरमाथा क्षेत्रबाट फोहोर संकलन सेमत गरिने भएको छ । सगरमाथा सरसफाई अभियानको क्रmमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराइएको हो । अभियानका लागि दुई करोड ३२ लाख रुपैयाँ खर्च हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
यस अभियानको मुख्य उद्वेश्य पर्वतारोहण पर्यटनको अन्तराष्ट्रिय छवि सुधार्ने हो घिमिरेले भने, ‘नेपालको पर्वतारोहण पर्यटनको अन्तराष्ट्रिय छविमा सुधारसँगै स्वच्छ बनाउन सहयोग पुग्नेछ ।’

सरकारले सो अहभियानमा पर्यटनसँग क्रियाशिल संस्था नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, सगरामाथा राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खुम्बु पासाङल्हामु गाउँपालिका र नेपाली सेनासँग सहकार्य गर्ने भएको पनि जानकारी दिईयो ।