टेलिकमले ल्यायो ९ रुपैयाँमा ९० मिनेट कल अफर

1502
views

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहित स्प्रिङ अफर उपलब्ध गराएको छ । यो अफर शनिबारबाट सुरु भएको हो । यो योजना ९० दिनसम्म चल्नेछ । टेलिकमले एक घण्टा अनलिमिटेड प्याक ल्याएको छ ।

यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टीभ भएपछि एक घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित प्रयोग गर्न सक्नेछन् ।

यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असीमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ । अलटाइम डाटा प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अलटाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । जसमा १२ रुपैयाँदेखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन्। डे डाटा प्याकमा नौ रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिन्छ।

त्यस्तै एक जीबी पर डे डाटा प्याकमा ४५ रुपैयाँमा एक दिनका लागि एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। साथै दुई सय ५० रुपैयाँमा सात दिनका लागि सात जीबी र आठ सय ५० रुपैयाँमा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। यसका साथै कम्पनीले नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसियल मिडिया प्याक ल्याएको छ ।

सोसल मिडिया प्याकमा फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ। यसअन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिन, ३० रुपैयाँमा १५० एमबी डाटा तीन दिन र ६० रुपैयाँमा तीन सय २५ एमबी डाटा सात दिनका लागि २४सै घण्टा उपलब्ध हुनेछ ।

यसका साथै कम्पनीले डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, डे टाइम भ्वाइस प्याकमा नयाँ योजना ल्याएको छ। त्यस्तै टेलिकमले एप डाउनलोड गर्दा सय एमबी निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । annapurnapost.com/news/125164 बाट