गुल्मीमा ढलान गर्दागर्दै पक्कि पुल भत्कियो

749
views

बैशाख, २ गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा निर्माणाधिन मोटरेवल पक्कि पुल ढलानकै अवस्थामा भत्किएको छ । बढिघाट खोलामा निर्माणधिन वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो पुल भत्किएको हो । वडा नं ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।

वाइपी कन्ट्रकसनले ५ करोड लागतमा ठेक्का लिएको थियो भने यहि आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । निर्माणचरणमै पुल भत्किएपछि प्रश्नचिन्ह खडा भएको छ ।