मलेसियामाथि नेपालको सानदार जित

508
views

काठमाडौं । नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मा जारी यू–१९ विश्वकप छनोट अन्तर्गत बायुमास रंगशालामा भएको खेलमा नेपालले सानदार रुपमा जित हासिल गरेको हो । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो ।

९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो । नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिए ।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ ।