अख्तियारको सक्रियता बढ्यो, २३५ मुद्दा दायर

909
views

काठमाडौँ, ३, वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य कार्यको अनसन्धान तथा मुद्दा दायर प्रक्रियामा सक्रियता बढाएको छ । २०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म अख्तियारले २३५ मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षभरमा १९४ मुद्दा दायर गरिएका थिए । अख्तियारले २३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

गत आर्थिक वर्षभरमा १९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको नौ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षभरमा १९ हजार ४८८ उजुरी अख्तियारमा दर्ता भएका थिए । यो वर्षको नौ महिनामा २९ हजारभन्दा बढी उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।

यो नौ महिनाको अवधिमा अख्तियारले १२७ स्टिङ अपरेशनमध्ये ९० वटामा कारबाही गरिएको जनाएको छ ।