जाग्यो काँग्रेसः एकताको सन्देश, विसंगतिको भण्डाफोर

608
views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुने मंगलवार पत्रकार सम्मेलन गरी जनाएको छ ।

सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रुपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि गर्ने, काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पु¥याउने अभियानका उद्देश्य छन् ।

अभियानका क्रममा सरकारका भ्रष्टाचारलगायत विसङ्गतिपूर्ण कृयाकलापबारे नागरिकमा प्रष्ट्याउने, काँग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने तथ्यलाई प्रस्ट्याउँदै जनमत र वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अभियानले कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकुल परिणाम, बौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी, चिकित्सा शिक्षा क्षेत्रमा बढेको बेथिति, प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध खबरदारी गर्ने पनि जनाएको छ ।

अभियान प्रथम चरणमा यही वैशाखको लोकतन्त्र दिवसमा प्रारम्भ भई जेठ ११ मा समापन हुनेछ । दोस्रो चरण भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ मा समापन हुने र तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने कार्यतालिका रहेको प्रवक्ता शर्माले बताए ।