बैशाखे पहिरोले ट्याङ्की र धारा ध्वस्त

721
views

निर्मल पौडेल
पर्वत, ४, बैशाख । पर्वतको मोदी गाउँपालिका–७ राम्जा गोतामे थरमा बर्षायाम नलाग्दै आएको पहिरोले खानेपानीको ट्याङकी र दुईवटा धारामा क्षति पुर्याएको छ । पानी परेसँगै ठुला ढुङ्गा सहित आएको पहिरोले १ लाख भन्दा बढिको क्षति गराएको हो ।

वुधवार विहान करिव ७ बजेको समयमा पहिरो गएको हो । आकास्मिक रुपमा आएको पहिरोले राम्जावासीहरुले पिँउँदै आएको पानीको ट्याङकीमा क्षति पु¥याएपछी समस्या भएको स्थानिय मिलन खत्रीले जानकारी दिए ।

करीव ४५ घरधुरीले उपभोग गर्ने पानी ट्याङ्कीे पहिरोले धोस्त पारेपछी गाउँले लाई समस्या भएको छ । पहिरोले भौतिक क्षती गरेपनी मानविय क्षति नभएको स्थानियको भनाई छ ।