नेपाल पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

435
views

काठमाडौं, ४, बैशाख । नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा आन्दोलनको घोषणा गरेको छ ।

ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

महासंघले प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

महासंघले भोलि ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।