पर्वत प्रशासनमा पत्रकारको एकघण्टा धर्ना

733
views

निर्मल पौडेल
पर्वत, ४, वैशाख । नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा जिल्ला प्रशासन कार्यालयमा एकघण्टा धर्ना दिएको छ ।

नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरे संगै पत्रकार महासंघ पर्वतले पनि घोर विरोध गर्दै धर्ना दिएको हो । विधुतिय कारोवार ऐन दफा ४७ र ४८ खारेज गर । विधुतिय अपराधको तरवार नदेखाऊ, पत्रकारहरुको पेशा लेख्ने हो लेख्न पाउनु पर्छ भन्ने मुल नारा अंकित कालो व्यानर सहित पर्वतका पत्रकारहरुले विरोध प्रर्दशन गरेका हुन् ।

पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताए ।

महासंघको केन्द्रीय समितीले जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र गृह संगै सञ्चार मन्त्रालयमार्फत विरोधपत्र वुझाउने कार्यक्रम तय गरेको छ ।