रुपन्देही र पाल्पामा बम विस्फोट

643
views

रुपन्देही । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव रुपन्देही र पाल्पामा परेको छ । रुपन्देहीका विभिन्न तीन ठाउँमा बम बिस्फोट भएको जनाइएको छ भने पाल्पाको रिव्दीकोट –३ खस्यौलीमा गाउँपालिकाको कार्यालयमा पनि बम विष्फोट भएको जनाइएको छ । सैनामैनामा ठूलो आवाजसहित बम बिस्फोट भएको स्थानीयले जानकारी दिएका छन् । त्यस्तै, देवदहको धकधैइमा विष्फोटको आवाज सुनिएको छ ।

यस्तै भैरहवाबाट बुटवलतर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको सुचना प्राप्त भएको छ । उता, कन्चन गाउँपालिका परिसरमा पनि बम फेला परेको छ । बम भएको स्थानमा अहिले नेपाल प्रहरीको टोली त्यसतर्फ गएको प्रहरीेले जानकारी दिएको छ ।

उता, रुपन्देहीको कोटीहवा नजीकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । यसबाहेक धेरै स्थानहरुमा शंकास्पद बस्तुहरु फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच, पाल्पाको रिब्दीकोट–३ खस्यौलीमा पनि बम विस्फोट भएको छ । बमले गाउँपालिका भवनमा क्षति पुगेको छ । राति १ बजे गाउँपालिका भवनमा सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।