अन्तरिक्षमा पहिलोपटक नेपाली स्याटेलाईट प्रक्षेपण

1534
views

काठमाडौं । नेपालको पहिलो नेपाली स्याट १ नामक भू–उपग्रह (स्याटेलाइट) अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जिनियास्थित नासा हेडक्वाटरबाट प्रक्षेपण गरिएको नासाद्वारा तयार पारिएको लाइभ भिडियोमा उल्लेख छ । जापानको क्यूसु विश्वविद्यालयको क्यूटेकमा अध्ययनरत नेपाली वैज्ञानिकद्धय आभाष मास्के र हरिराम श्रेष्ठले निर्माण गरेका हुन ।

स्याटेलाइटमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ । यो स्याटलाइट अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ ।