मौसम खराबीका कारण बन्द हवाई सेवा सुचारु

760
views

हुम्ला । मंगलवार लगातार परेको पानीले बन्द भएको हुम्ला जिल्लाको हवाई सेवा आजबाट सुचारु भएको छ । यातायातको एकमात्र साधन हवाई सेवा दुईदिनदेखि बन्द भएको थियो ।

मौसममा सुधार आएलगत्तै सिमकोटबाट नेपालगंज र सुर्खेतका लागि हवाई सेवा सुचारु भएको छ । हवाई सेवा सुचारु भएपछि तारा र सीता एयरका जहाजहरुले पहिलो फ्लाईटमा नेपालगंजबाट यात्रु भरेका छन् ।

बिहीबार बिहान साढे छ बजेबाट नै सीता एयरले फ्लाइट भरी सकेको छ । दुई दिन बर्षाको कारण हवाई सेवा बन्द हुँदा सिमकोट बजारमा दैनिक उपभोग्य सामान र रिचार्ज कार्डको पनि समस्या देखिन थालेको थियोे ।

सिमकोट विमानस्थलबाट तारा, समिट, सीताका जहाजहरुले फ्लाईट भर्दै आएको भए पनि यतिखेर भने नेपालगंज विमानस्थलमा तारा एयर र सीता एयरको जहाज मात्र रहेका छन ।