बेसाहारा वृद्व दम्पतिलाई खाद्यान्न र लत्ताकपडा

750
views

गलकोट, ६, वैशाख । सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बागलुङले गलकोट नगरपालिका–९ छिस्तिका बेसाहारा वृद्व दम्पतिलाई खाद्यान्न र विस्तारा सहयोग गरेको छ ।

संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष उपस्थितिमा छिसका ७८ वर्षिय चन्द्र बहादुर रामजाली उनकी श्रीमती ८० वर्षिय सरस्वती रामजालीलाई २ बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती सककगै विस्तारा सेट सहयोग प्रदान गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

रु १० हजार बराबरको उक्त सामाग्री रामजाली निवासमै पुगेर सहयोग गरिएको अध्यक्ष थापाले बताउनु भयो । बेसाहारा रामजाली परिवारलाई दिनहुकक छाक टार्न मुस्किल हुदै आईरहेको र यसले थोरै भएपनि राहत पुग्ने स्थानिय पत्रकार मित्र खरेलले बताउनु भयो । राहत हस्तान्त्रण पछि रामजाली दम्पति खुसी भएका छन उनीहरुले संस्थाको थप उन्नति र प्रगतिको समेत कामना गरेका छन ।

गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाले उक्त सामाग्री ग्रहण गर्नुभएको थियो । रामजाली परिवार सरकारले प्रदान गर्ने वृद्व भत्ताकै भरमा जीवन बिताईरहेको समाचार केहि हप्ता पहिले सामुदायिक रेडियो गलकोट एफ एम १०२ थोप्लो ४ मेगाहर्जले प्रशारण गरेपछि यसको प्रभाव परेको छ ।

उनीहरुलाई बिहान बेलुका छाक टार्न दैनिक उपभोग्य सामाग्री र न्यानो विस्ताराको अभाव भएको भन्दै संस्थाले खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्य वहाक सचिव प्रकाश थापाले बताउनु भयो । वि.सं २०४१ सालमा स्थापना भएको संस्थाले स्थानिय स्तरमा समय समयमा तालिम, गोष्ठी, युवा जागरण कार्यक्रम, टोल सरसफाई, जनचेतनामुलक कार्यक्रम, विकृति विसंगति न्यूनिकरण अभियान सककगै खेलकुद कला संस्कृतिको संरक्षण र पर्यटन प्रर्वदनमा टेवा पुराउदै आएको कोषाध्यक्ष सन्त भण्डारीले बताउनु भयो । सामाग्री सहयोग कार्यक्रममा कार्य समितिका पदाधिकारीहरु, जनप्रतिनिधि, स्थानिय समाजसेवी, स्थानियबासी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।