अमेरीकामा रहेका प्रवासी नेपालीले गरे हावाहुरी पीडितलाई सहयोग

1158
views

निर्मल पौडेल
पर्वत, ६, वैशाख । वैदेशीक रोजगारीको लागी अमेरीकामा रहेका वाग्लुङ नगरपालिका १३ पैयुँपाटाका युवा समाजसेवी वासुदेव पौडेलको सकृयतामा वारा र पर्साका हावाहुरी पीडित लाई करिव १ लाख वरावरको आर्थिक सहयोग गरिएको छ ।

हावाहुरीमा परी ज्यान गुमाएका १९ घरपरिवारका सदस्यहरुलाई अमेरीकामा संकलन गरिएको ९ सय १० डलर नेपाल विधार्थी संघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदी मार्फत हस्तान्त्रण गरिएको हो । अमेरीकाको वाल्टिमोरमा रहेका पौडेल लगायत १६ जना प्रवासी नेपालीहरुले संकलन गरेको उक्त रकम वुधवार विधार्थी नेता सुवेदी वाराको प्रसोनी गाउँपालिका वार्ड नम्वर ६ को फेटा,धरमपुर ,सुर्वण र भलुहिहा पुगेर हस्तान्त्रण गरेका थिए । सुवेदी संगै

सुबेदी संगै पुर्ब राज्यमन्त्री कलादेबि पासबान, नेवि संघ निबर्तमान सहमहामन्त्री राजेश रौनियार, नेपाल कमर्श क्याम्पसका अध्यक्ष बिश्णु खडका लगायतका नेताहरु र स्थानिय समाजसेवीको साथमा मृतकका परिवार बसोबास गरिरहेका टेण्ट र टहरामा पुगेका थिए ।

हुरीले घरपरिवार जायजेथा संगै जिन्दगीका उज्जवल सपनाहरु उडाएर विचल्ली भई टहरामा वस्न वाध्य पीडितले राहतले दुखेको घाउमा थोरै भएपनी मल्हम पुगेको वताए । आमा , श्रीमति र दुई भान्जी सहित परिवारका ४ सदस्य गुमाएका फेटाका घाइते हैदर अन्सारीले २० हजार रुपैया नगद वुझ्दै भने यहाहरु ले पिडामा मलम त लगाउनु भयो तर आजभोली हरेक साँझ आउने हुरी, चट्याङ र बर्षाले टेण्टको बसाइ कष्टकर बनेको छ । आँसु झार्दै थपे मन साह्रै भक्कानिन्छ, छिटो भन्दा छिटो स्थायी घर बनाएर ओत लाग्न पाए हुन्थ्यो ।

रकम हस्तान्त्रण गर्दै नेता सुवेदीले पीडा र दर्दका आवाजहरु संम्बधित निकायमा पुर्याउने बचन दिए। प्रवासीहरुले यो दुखको वेलामा मानवियता दर्शाउँदै सफा मनले गरेको सहयोग निकै सह्रानिय रहेको वताए । अमेरीकामा रहेका वासुदेव पौडेल, इश्वर शर्मा, निर वहादुर क्षत्री ,राजेन्द्र शर्मा,राजेन्द्र केसी, सरोज रिजाल, अशोक खड्का, सुजन वोहोरा, रविन्द्र जिसी, दामोदर पौडेल चिरञ्जिवी रेग्मी, सनम वोहोरा, सनम वोहोरा, आशिष सापकोटा, गणेश पौडेल ,पासाङ शेर्पा, हेमन्त मल्ल ले उक्त रकम सहयोग गरेका हुन् ।

वाल्टिमोरमा एउटा यस्तो टिम छ जुन टिम कसैको पीडा देख्यो कि सहयोग गर्न जुटिहाल्छ । पौडेलको नेतृत्वमा वारामा मात्र हैन अन्य विभिन्न ठाउँका अत्यन्तै दुःखमा परेका पीडितहरुलाई वेला वेलामा आर्थिक सहयोग गर्दै आएका छन् ।