पूर्वराजा ज्ञानेन्द्र शाहको उपदेश

2370
views

नवदृष्टि संवाददाता
काठमाडौ, चैत २३ । पुर्व राजा ज्ञानेन्द्र शाहले चैते दशैको रामनवमीका अवसरमा शुभकामना शन्देश जारी गर्दै परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणाालीले भोग्नू परेको चर्को खडेरी भनेका छन् ।सन्देशमा भगवान रामले देखाएको सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था जस्ता विषय आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको उल्लेख छ ।
पूर्व राजा शाहले जारी गरेको सन्देशमा लोक हितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्न आवाश्यक रहेको पनि बताएका छन् ।सन्देशमा पुर्व राजा शाहले भनेका छन् ‘आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउंदै त्यसतर्फ लाग्न उत्साहित गर्दछ ।
रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भूलोकमा सबैलाई ‘सबैको हित गरौ’ भन्ने दिव्य आदर्श दिन सकोस् यही मेरो कामना छ ।’