असिनाले लागेर पाँच वर्षिय वालकको मृत्यु

580
views

महेन्द्र जिसी
पर्वत ४, जेष्ठ । पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा असिनाले लागेर एक बालकको ज्यान गएको छ ।अबिरल बर्षा सँगै बुधवार परेको असिनापानीले लागेर ५ बर्षिय बालक अनुप मगरको ज्यान गएको हो । बिद्यालय बाट घर फर्किदै गर्दा असिनाले लागेर घाईते भएका मगरको उपचार गर्न पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको स्थानिय मिनु सापकोटाले जानकारी दिनुभयो । बालक थापाठाना माबि थापाठानामा अध्यनयरत थिए ।