धौलागिरीका ३ सर्जकहरु शनिवार एकै ठाउँमा उभिँदै

1053
views

निर्मल पौडेल
पर्वत । हातेमालो साहित्य संगम वाग्लुङले धौलागिरीका ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याउने भएको छ । शनिवार पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी साधनारत सर्जकहरु लाई एकै ठाउँ उभ्याउने भएको हो ।

विशेष गरी पर्वत साहित्य संगम पर्वतका उपाध्यक्ष कुशल सर्जक, मुक्तककार डि.आर शर्मा, वाग्लुङका सर्जक, गजलकार, पत्रकार महासंघ वाग्लुङका अध्यक्ष दिल श्रीस र म्याग्दीका सिर्जनशिल प्रखर कवि घायलश्री लाई एकै ठाउँ जुटाउने प्रयत्न गरिएको संगमकी अध्यक्ष सरु पौडेलले जानकारी दिएकी छन् ।

“तिन सर्जक एकै ठाउँ , शनिवार वाग्लुङ जाउँ, साहित्यिक कार्यक्रममा रमाउँ” भन्ने मुख्य नारा सहित आयोजना गरिएको कार्यक्रम होटल पिस प्यालेसको सभाहल वाग्लुङ वजारमा विहान ठिक १० वजेवाट शुरु हुने आयोजकले वताएको छ ।

कार्यक्रमामा मनोरञ्जनात्कता प्रदान गर्दै सर्जकहरुले आफ्ना आफ्ना विधाका सिर्जनाहरु प्रस्तुत गर्नेछन् । धौलागिरीमा आवद्ध सवै कला तथा साहित्यिक संघ सँस्थाहरुका सर्जकहरुको जमघट संगै सर्जकका रचना वाचन गर्ने तथा स्रष्टा सम्मान र शुभकामना आदानप्रदान समेत गरिने भएकोले सवैलाई उपस्थित भई कार्यक्रमको शोभा वढाईदिनुहुन आयोजकले विनम्र आग्रह समेत गरेको छ ।

यसरी सर्जकहरु छनोट गरी एकैठाउँ राखेर कार्यक्रम गर्दा साहित्य प्रतिको लोकप्रियता, सर्जकहरुको आत्मसम्मान संगै आपसी सद्भाव कायम हुनुका साथै कृति तथा सिर्जनाहरुको मुल्य वढ्दै जाने अपेक्षा गरिएको छ ।