अंग्रेज सेना पराजित भएको जितगढीमा विजयोत्सव

869
views

बुटबल, ७, वैशाख । बुटवल उपमहानगरपालिका–१ मा रहेको ऐतिहासिक जितगढीमा आज विजय उत्सव मनाउने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक सम्पदा जितगढी करीब दुई सय वर्षअघि तत्कालीन नेपाली सेनाले अंग्रेज सेनालाई बहादुरीसाथ लडेर पराजित गरेको खुशियालीमा विजयोत्सव मनाउन लागिएको हो ।

दुई सय चार वर्षअघि फागुन ७ गतेका दिन कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनपनि हो । उपमहानगरपालिका–१ तिनाउ नदी किनारमा अवस्थित जितगढी किल्लालाई विशेषरुपमा सजाइएको छ ।

आजै जितगढी किल्ला परिसरमा ४२ फिट उचाईको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्न लागिएको छ । आजै नेपाल–अंग्रेज युद्धलाई सम्झाउँदै नेपाली सेनाले त्यतिबेलाकै युद्ध सामाग्री र पोशाक प्रदर्शन गर्ने भएको छ ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी विक्रम संवत् १८७२ वैशाख ७ गते यस किल्लाबाट अंग्रेज सेनालाई परास्त गरेको थियो । बुटवलको तिनाउ नदीपारिको किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला छ । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औँ शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ ।