दिल्लीबाट काठमाडौँ आउँदै गरेको बसमा विष्फोटक पदार्थ

1161
views

धनगढी । नयाँदिल्लीबाट काठमाडौँंतर्फ आउँदै गरेको बसबाट विष्फोटक पदार्थ बरामद गरिएको छ । सो बसमा लत्ताकपडा, ल्यापटप, धारामा प्रयोग गरिने टुटी र डेटोनेटर जस्तो देखिने सामग्री बरामद गरिएको जनाइएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नं को बसलाई रोकेर जाँच गर्ने क्रममा १२ थान डिटोनेटर जस्तो देखिने सामग्री र करीब १६५ थान महिलाले लगाउने कपडा, दुई थान ल्यापटप, धाराको टुटीसहितका सामग्रीसहित बसलाई नियन्त्रणमा लिइएको डुडेझारी सशस्त्र प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताउनुभयो ।

बरामद भएको डेटोनेटर जस्तो देखिने वस्तु डेटोनेटर भए नभएको बारे भने यकिन हुन सकेको छैन । विष्फोटक पदार्थ भए नभएको बारे जाँच गर्नका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गएको छ ।