काबुलस्थित सूचना मन्त्रालयमा विष्फोट

535
views

अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन् । त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ ।

मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११ः४० बजे विस्फोटन भएको सुनिएको थियो । सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए ।

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो । तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो । बीबीसी