शुभप्रभातमा काव्यमाला

2248
views

गोबिन्द तिमिल्सिना
हेमजा, ७ बैशाख । राष्ट्रिय छन्द दिवसको पूर्वसन्ध्यामा हेमजा साहित्य प्रतिष्ठानले २ दिने प्रशिक्षाण कार्यक्रम सम्पन्न गरेको छ । साथमा कबिता प्रतियोगिता तथा १९२ औ शुभप्रभात काब्यमालाको पनि समापन भएको थियो ।

कार्यक्रम समापन गर्दै प्रमुख अतिथी महाकाब्यकार माधव वियोगीले मानिसको अङग अङगमा छन्द भएको बताए । त्यस्तै छन्द भनेको लय भएको उल्लेख गर्दै छन्द बचाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सुक्ला साहित्य प्रतिस्थानका अध्यक्ष सुमन पौडेल, बडा न. २५ का अध्यक्ष शोभाखर तिमिल्सिना, गिता अञ्जलि साहित्य प्रतिष्ठानका अध्यक्ष शिबप्रसाद गौतम, प्रशिक्षक शिव त्रिपाठी, गोबिन्द पराजुली र सञ्चारकर्मी गोबिन्द तिमिल्सिनाले मन्तव्य व्यक्र गरेका थिए ।

कार्यक्रममा रुस्तम कुँवर, आर्या त्रिपाठी, गोबिन्द पराजुली, बिष्णु पराजुली, सर्बज्ञामान श्रेष्ठ, डा. अनिल थापा र डण्डीराज ज्ञावालीले आफनो रचना बाचन गरेका थिए ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा उपाध्यक्ष छन्दमणि त्रिपाठीले धन्यवाद ज्ञापन र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरे ।