अधिवेशन सम्पन्न

1068
views

हेमजा, ८ बैशाख । पोखरा महानगरपालिका वडा नं. २५ हेमजाको मणिघाटमा अविस्थत श्री रुद्रमहादेव गुठी व्यवस्थापन समितिको तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले अर्जुन पौडेलको अध्यक्षतामा नौ कार्य समिति चएन गरेको छ । प्रथम उपाध्यक्ष भोजराज पौडेल, द्धितिय उपाध्यक्षमा एकलाल पौडेल, सचिवमा विष्णु प्रसाद पौडेल, सहसचिवमा गोकर्ण प्रसाद पौडेल, कोषाध्यक्षमा शिवलाल पौडेल चएन भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा मुक्तिनाथ पौडेल, छविलाल पौडेल र सन्तोष पौडेल सर्वसम्मत रुपमा चएन भएका छन् । हालसम्म सेती नदीको किनारमा पाटी निर्माण, रुद्रमहादेवको नयाँ मन्दिर साथै मन्दिर परिसर भित्र दुई तलाको नयाँ भवन बनेको र आगामी ३ वर्षभित्र एउटा अत्याधुनिक पार्क र घाटसम्म जाने बाटो ढलान गर्ने योजना रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।