सरकारी शिक्षकका छोराछोरी अनिवार्य सामुदायिकमा भर्ना

1408
views

पर्वत । पर्वतको कुश्मा स्थित शिवालय मा.वि.ले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकका छोराछोरीलाई अनिवार्य सामुदायिक स्कूलमा नै पढाउनुपर्ने निर्णय गरेको छ ।

उनीहरुले नीजि विद्यालयमा पढिरहेका आफ्ना छोराछोरीलार्य सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । आफुले सामुदायिक विद्यालयमा शिक्षण गर्ने तर छोराछोरी भने निजि विद्यालयमा पढाउँदा आफ्नो र विद्यालयको शाख गिर्ने भन्दै शिक्षकहरुले आफ्ना छोराछोरी भर्ना गरेका हुन ।

शिवालय माविका शिक्षकहरुको यो कार्यप्रति विद्यालय ब्यबस्थापन समिति, शिक्षक अििभभावक संघ, अभिभावक र विद्यार्थीहरुले स्वागत गरेका छन ।

विद्यालयमा आज भएको एक कार्यक्रममा बोल्दै विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईश्वर गिरी, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, प्राचार्य भुपेन्द्र चापागाई, संस्थापक अध्यक्ष तोयानाथ चालिसे र नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छबिलाल तिवारी ले शिक्षकहरुको उक्त कार्यको प्रशंसा गरेका छन् ।

विद्यालयले यसअघि कक्षा १–३ मा कक्षा शिक्षण गर्ने, कक्षा ९ सम्म अंग्रेजी र नेपाली माध्यमका छुट्टाछुट्टै सेक्सन बनाई शिक्षण गर्ने, छात्रावास सञ्चालन गर्ने, कक्षाकोठामा सिसि क्यामरा जडान गर्ने जस्ता निर्णय गरेको थियो ।