मानव आश्रममा खाद्यान्न सहयोग

774
views

सीताराम थापा
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बाग्लुङ्गमा रहेको मानव आश्रममा आश्रम लिइरहेकाहरुलाई चामल लगायत खाद्यान्न सामाग्री सहयोग गरिएको छ ।

खाद्याान्न सामान बितरण गर्दै नेकपाका प्रदेश कमिटि सदस्य फमलाल न्युरेले सम्बोधन बिश्व सर्वहारा बर्गको अधिनायकत्व प्रदान गरेको आजको दिनसम्म आउँदा नेपालमा कम्युनिष्ट आन्दोलनदे बिबिध आयामहरु पार गरेर अगाडि बढेको बताए ।

उनले बर्तमान समयमा लोकतान्त्रिक गणतन्त्र र संघियतालाई कार्यान्वयन गर्दै कम्युनिष्ट पार्टीको सरकार निर्माण गरि समुन्नत समाज निर्माण र जनतामा आधारीत बिकासको लागि अघि बढिरहेको बताए ।

कार्यक्रमका जिल्ला संयन्त्र सदस्य कृष्ण पाठकको अध्यक्षता र संचालन लाल बहादुर थापा मगरले गरेका थिए ।