झुटको पर्दाफास गर्दै गाउँ पस्यो काँग्रेस

941
views

महेन्द्र जिसी
पर्वत, १०, बैशाख । नेपाली काँग्रेसको गाउँ अभियानले बर्तमान सरकारका गलत गतिविधिहरुको पर्दाफास भएको छ । वर्तमान सरकारले गरेको भ्रष्टचार महंगी, बलत्कार, हत्या हिंसा वेथितिको बारेमा सर्वसाधरणलाई जानकारी दिदैं काँग्रेस गाउँ पसेपछि नागरिकहरु सू–सुचित बनेका छन् ।

काँग्रेसको जनता जगाउ अभियानले नागरिकहरु सु–सुचित बनेका छन् । नेपाली काँग्रेस पर्वतले देशव्यापी अभियान अन्र्तगत पर्वको खुर्कोटबाट सो अभयान थालेको हो । अभियान अन्तर्गत पहिलो दिन पर्वतको पाङ, कुश्मा, खुर्कोटसम्म जनजागरण अभियानका सभाहरु गरेको छ ।

पूर्व पार्टी सभापति एवं प्रतिनीधि सभाका सांसद लालकाजी गुरुङ गुरुङले अभियानको नेतृतव गरेका छन् । अभियानका क्रममभा जनतासँगै कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

हरेक कोणभसभामा बोल्दै नेता गुरुङले स्थानीय र संघको चुनावमा काँग्रेसको मतले जितेका कम्युनिष्ट नेताहरले जनतालाई झुटको खेती गरिरहेको बताए ।

जागरण सभामा नेपाली कांग्रेसका पूर्व मुख्य सचिव ऋषिकेश तिवारी, महासमिति सदस्य वसन्त बहादुर सि.के. पुर्व जिबिस उपसभापति एवं कांग्रेस नेता राम शर्मा पौडेल, कांग्रेस नेता जीतबहादुर नेपाली, महासमिति सदस्य मिना के.सी, कांग्रेस नेतृ रेखा गुरुङ, नेपाली कांग्रेस पर्वत काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष जीवन भुसाल लगायतकन नेताहरु सहभागी छन् ।