कवि तुलसी दिवसले गर्दै अमेरिकामा एकल कविता वाचन

465
views

काठमाडौँ,५, जेष्ठ । – वरिष्ठ कवि तुलसी दिवसले यही जेठको दोस्रो साता संयुक्त राज्य अमेरिकामा सम्मान ग्रहणका साथै एकल कविता वाचन गनेृ भएका छन् । नेपाली साहित्यको अन्तर्रा्ष्ट्रियकरणका लागि सूत्रधार बन्दै आउनुभएका कवि दिवसले यही जेठ १३ गते अमेरिकाको वासिङटन डिसी महानगरमा अभिनन्दन ग्रहण गर्नुहुनेछ । अभिनन्दन कार्यक्रममा त्यहाँस्थित नेपाली समुदायको पनि सहमागिता रहनेछ । विश्वका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरेका दिवसले दर्जनौँ मुलुकमा साहित्यकारकै हैसियतमा भ्रमण गरी आफ्नो प्रस्तुति दिईसकेका छन् । कवि दिवसले आफूलाई अभिनन्दन गरिने जानकारी पाउँदा खुसी लागेको भन्दै त्यहाँ हुने कार्यक्रममा नेपाली समुदायको उपस्थितिका लागि आग्रहसमेत गरेका छन् ।