नुवाकोटमा एनआइसीको एसिया बैंकको शाखा

606
views

नुवाकोट, १५, बैशाख । एनआईसी एसिया बैंकले नुवाकोटको बिदुर नगरपालिकास्थित बेत्रावतीमा शाखा संचालन गरेको छ। बेत्रावती शाखाको बिदुर १० का वडाध्यक्ष गणेश कुमार नेपालले एक कार्यक्रमकाबीच उद्घाटन गरे।

उद्घाटन समारोहमा प्रमुख अतिथि गणेश नेपालले एनआईसी एशिया बैंक निजि क्षेत्रको बैंक रहेको र शाखा सञ्जाल विस्तार गर्ने रणनीति राम्रो भएको भन्दै नागरिकहरुको बचत गर्ने बानी पनि बस्ने र यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।

त्यस्तै, उप प्रादेशिक कार्यालय प्रमुख बिकास खरेलले न्यून आए भएका देशका ग्रामीण तथा बिकट स्थानमा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र शाखा बिस्तार कार्यलाई निरन्तरता दिदै जाने बताए।

यो सहित मुलुकभर बैंकका २८१ शाखा कार्यालयहरु संचालनमा आएका छन्। २८९ एटिएम, ३२ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको र नुवाकोटको बिदुर नगरपालिकामा ३ वटा शाखा कार्यालय संचालनमा रहि कार्य गर्दै गरिरहेको एनआइसी बेत्रावती शाखा कार्यालयका शाखा प्रबन्ध पुरुषोत्तम सापकोटाले जानकारी दिए ।