बालुवाटार जग्गा प्रकरणः दोषीलाई कारबाही

477
views

काठमाडौँ, १८, वैशाख । बालुवाटार जग्गा प्रकरणमा पार्टी र सरकारलाई वदनामी गराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दोषिलाई छानविन गरी कार्वाही गरिने बताएका छन् ।

बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई वदनाम गराउने जोसुकै भएपनि कडा कार्वाही गरिने प्रतिवद्धता जनाएका हुन् ।

नेकपाका अध्यक्षसमेत रहेका ओलीले बालुवाटार जग्गा, वाइड बडी र हायात होटल प्रकरणमा पार्टी र सरकारलाई जबरजस्ती मुछ्ने काम भएको टिप्पणी गरे ।