जीप दुर्घटनामा सहचालकको मृत्यु

607
views

बझाङ । बझाङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा सहचालक १९ बर्षिय टीका भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । जीप थलारा गाउँपालिका ६ स्थित गोमती खोलामा बुधबार राति दुर्घटना भएका हो ।

थलारा गाउँपालिकाको झनानाबाट विवाहको सामान लिएर फर्कने क्रममा गोमती खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।