श्रम सीपकै मूल्य छैन त श्रमिक दिवसको के अर्थ ?

1601
views

सीताराम थापा

पृष्ठभुमिः
मे १ को दिन नेपाल लगायत विश्वका सबै देशहरुमा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ । पहिला पहिला यो दिवस मजदुरहरूले र समाजवादीले मनाउँथे । तर अहिले नेपाल लगायत धेरैजसो पूँजिवादी देशहरुले पनि मनाउँदा यसको उपदेयता र गरिमामाथि द्विविधा पर्न थालेको विश्लेषण गरिएको छ ।
ईतिहासको सारः
सन् १८८९ मे १ देखि अन्तराष्ट्रिय मजदुर दिवस मनाउन थालिएको छ । त्यस समयमा पहिलो औद्योगिक क्रान्ति सकिएर दोस्रो औद्योगिक क्रान्ति (१८७०–१९१४) सुरु भएको थियो । त्यसैले औद्योगिक क्षेत्रमा लाखौँको संख्यामा मजदुरहरू काम गर्दै थिए । तर उद्योगहरूका मालिक पुँजीपतिहरूले दिनको १६ देखि १८ घन्टासम्म काम लगाउँदा पनि पेटभर खान दिँदैनथे । कम ज्यालामा, श्रमिक मजदुरहरुले ज्यानको बाजी राखेर श्रम गर्न बाध्य थिए । उच्च जोखिम श्रममा श्रमको उचित मुल्य हुदैन थियो । यसैले यो दिवस श्रमिक वर्गको श्रमको सम्मान र समानताका लागि र मुक्तिको लागि मनाउन थालिएको ईतिहास छ ।

नेपालमा श्रमिक दिवसको विश्लेषणः
१०३ बर्षसम्म नेपालमा भने श्रमिक दिवस श्रम गरीखाने मानिसहरुले भन्दा श्रम नगर्ने मानिसहरुले श्रमिक दिवस मनाई रहेका छन । श्रमिकका नाममा बिदा गरेर कर्मचारि र नेताहरुले जनताको नाममा काम नगरि तलब, भत्ता खाने, गरि उल्टो श्रमिकलाई शोषण गरिरहेका छन । श्रमिक दिवसका दिन श्रमिकको नाममा स्थानिय स्तरदेखि राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म सरकारी, गैरसरकारी र अन्तराष्ट्रिय निकायहरुले लाखौं खर्चेर, श्रमिकलाई नराखिकन आफै कार्यक्रम गर्छन । उता श्रमिक भने श्रम नगरि हातमुख जोर्न अभाव हुने भएकोले आफ्नो दैनिक काम र श्रम गर्न जान्छन् । यति मात्र हैन, श्रमिक दिवस बारे श्रम गरिखाने मानिसलाई थाहा नै दिदैनन, थाहा पाएपनि बेवास्ता गर्छन । यसले श्रमिक बर्गको कुनै हित र महत्व नराख्ने श्रमिक दिवसको गरिमा र महत्वहिन र अनर्थ हुंदै आएको छ । बरु यसले उल्टो श्रमिक बर्गकै नाममा शोषण भएर मानव अधिकार हनन् र अपराधको राजनीति गरेको छ । मानव अधिकारको हनन् राज्यले मात्र गर्नसक्छ तर अपराधिकरण र राजनीति दल र आम मानिसले गरेका छन । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हरेक ठाउँमा हुने तथ्यलाई नकार्न नसकिएता पनि श्रमिक बर्गमा भने यो समस्या जिउँदो जाग्दो रहेको छ ।

नेपालमा सबैभन्दा धेरै श्रम गर्ने हलि, सबै भन्दा राम्रो फलाउने किसानलाई सम्मान गर्ने परिपाटी देखिएको छैन ।

नेपालमा धेरैबर्ष देखि मनाउदै आएको श्रमिक दिवसको सन्दर्भमा कुरा गर्दा नेपाली श्रमिक भनेको कृषि श्रमिक हुन तर किसानहरु घनिभुत भएको ठाउँमा अहिलेसम्म श्रमिक दिवस मनाएको छैन भन्दा अत्तियुक्ति नहोला । श्रमिक दिवसमा सबैभन्दा धेरै श्रम गर्ने हलि, सबै भन्दा राम्रो फलाउने किसानलाई सम्मान गर्ने परिपाटी देखिएको छैन । श्रमिक भन्ने बित्तिकै नेपालमा भने जातिय आधारमा पद, दलित, गरिब, महिला, सुकुम्बासीहरु हुन । उनिहरुले नै परम्परादेखि आजसम्म श्रमका कामहरु खेति किसान भारी बोक्नेदेखि सबै श्रम गरेर आम नेपालीलाई पालनपोषण गरे । यति मात्र नभएर सिल्पि पेशा भएका दलितहरुकै सीप र रगत पसिनाबाट आर्जेको मुलुकमा उनिहरुले बजाउने बाजा, सिलाउने कपडा र फलाम तथा काठका बुट्टाहरु सजाउने कर्म आजसम्म गरेका छन । तर ती सिपको र पसिनाको फलको लागि श्रमिक दिवसमा कहिल्यै सम्मान भएन, र सृजनाको लेखाजोखा गरिएन । उनिहरुलाई दास युगदेखि आजसम्म श्रमिक बनाईयो ? अमानुस् बनाईयो ? उल्टो श्रम अनुसारको ज्याला नदिएर अमानित र शोषण गरियो ।

नेपाली घरानाको अर्का श्रमिक भनेको आधा धर्ति ओगटेका महिला, स्त्रीहरु हुन । उनिहरुलाई आदिम साम्यवाद तथा मातृसत्ता पछि घर र बाहिर श्रमिक बनाईयो । अहिलेको ठूला ठूला रुपान्तरण र परिवर्तनले आजपनि उनिहरु पढेको र महिला सहभागिताको नाममा घरभित्र र घर बाहिर श्रमको बोझ थपिएको छ । श्रम शोषण मन्द बिषको गतिमा अभिबृद्वि बढेको छ । यस अवस्थामा आईपुग्दा पनि घरभित्र र लालाबाला हुर्काउने कर्म र जिम्मेवारी प्रगतिशिल घर परिवारमा पनि महिलाकै भागबिलो लगाईएको हुन्छ । यसले उनिहरुलाई नेपालको श्रमिक ईतिहासमा दरिन बिवस भएता पनि उनिहरुलाई श्रमिक दिवसमा नेतृत्व, पहुँच र सहभागिता सुनिश्चित कहिल्यै गरिएन । कहिल्यै श्रमिक नारिहरुलाई श्रम र सिपको सम्मान गरिएन । बरु उनिहरुलाई पुरुष प्रधान संरचनाको श्रमिककै भुमिका थोपरियो । नेपालमा ठुला औलामा गनिने सबै राजनीतिक दलका ट्रेड युनियन छन । तर तिनिहरुले पनि राजनीतिक संरक्षण दिएर यस्तो गलत संस्कृतिको पश्रय दिए । श्रमिक बर्ग सर्वहारा बर्गको अधिनायकत्व भनिएको हंसिया हथौडा दलबलले पनि यिनै नारा रट्ने कर्म निरन्तर गरे । बरु यी र यस्तै नारामा सत्ताआसिन भए तर लामो ईतिहासको समिक्षाको घडिमा उनिहरुका लागि सत्कर्म गर्न सकेनन् सापेक्षिक रुपमा परिवर्तन भएको पक्षलाई भने नकार्न सकिँदैन । ब्यवस्था परिवर्तन संविधान र नीति परिवर्तनको आंशिक प्रभावलाई सत्प्रयासको रुपमा सकरात्मक चिन्तन गर्न मात्र सकिन्छ ।

नेपालको सन्दर्भमा अहिलेको रुपान्तरणले पनि श्रमिक बर्गको अधिनायकत्व प्रदान गर्ने त के श्रमिकका लागि न्यायोचित नीति कानून र ब्यवहार प्रर्दशन गरि श्रमिक दिवसमा उनिहरुलाई मुल प्रवाहमा ल्याउन सकेको छैन । यसतर्फ आम नागरिक समाज सचेत र सजग भएर आवाज बिहिनहरु भनिने श्रमिक प्रधानमैत्रि वातावरण निर्माण गर्न जोडदिनु पर्दछ । श्रमिक दिवसकै नाममा श्रमिक वर्गलाई अपमानित हुने र सम्मानित नहुने कु–प्रथा लाई बदल्न एक ढिक्का हुनुपर्दछ । श्रमिक दिवसकै दिनहरुमा हेर्दा श्रम गर्ने महिला वा कामदारलाई कफि बनाउन लगाएर महलमा बसेर कफि पिउँदै सामाजिक संजालमा अन्तराष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना वा श्रमिकको लागि केही नगर्ने सरकार दलबल भनेर सुकुमार बनेको हातहरुले लेख्नेहरुको ओईरो देख्न सक्नुहुन्छ ।

श्रमिकलाई गाली गरेर चिया कफिको चुश्कि लिंदै महलमा ल्यापटप थिचेर शुभकामना आदान प्रदान मात्र हैन, दिवस मनाएर बचेखुचेको रकम वा भत्ताको पैसाले हुस्कि बियर पिउने पनि कम छैनन् ।

श्रमिकलाई गाली गरेर चिया कफिको चुश्कि लिंदै महलमा ल्यापटप थिचेर शुभकामना आदान प्रदान मात्र हैन, दिवस मनाएर बचेखुचेको रकम वा भत्ताको पैसाले हुस्कि बियर पिउने पनि कम छैनन् । यतिमात्र कहाँ हो र ? पढेलेखेका तर वास्तविक र ब्यबहारिक रुपमा शिक्षित नभएका महल र पजेरोबाजहरु बिदाको दिन जनताको तलब पचाउदै श्रमिक दिवसबारे ठुला ठुला भाषा खेति गरि लेख, कथा लेख्न बिवस हुन्छन । उनिहरु लेख्छन “श्रमिकलाई सम्मान नगरेसम्म र उनिहरुलाई सेवा नदिएसम्म श्रमिकको हक सुनिश्चित हुदैन’’ यो दल वा सरकारले श्रमिकको खाँतिर सिन्को भाँचेन, हाम्रो पालो आए श्रमिकबर्ग मालामाल’’ आदि ईत्यादि । यो लेखेर सुकुमारहातहरुले लेखेर नेपाली ठुला मिडिया हाउस कब्जा गर्छन । पत्रपत्रिका उनै महलको आलेखमा सिमित दास हुन्छन । तर श्रमिक बर्गलाई न त यो संरचनाले लेख्न सिकाउँछ, नत कसैले प्रयास गरे ठुला मिडियाले स्थान आदिम सभ्यता देखि दास युगिन आरम्भ भएको श्रमिक मानव ब्यापारमा खास उल्लेखनिय सुधार आउन सकेको छैन ।

यी सब हुनुको मुल कारण भनेको हरेक ठाउँमा माफिया छ । राजनीति, अर्थ, शिक्षा, स्वास्थ्य, संस्कृति सबै सबैमा । सबै ठाउँमा भएका माफियाले चलाएको देशमा जो माफिया संग जोडिन उच्च बर्ग वा आसेपासे, वा नातावाद, कृपावाद हुनै पर्छ । अहिलेसम्म बर्गिय हिसाबले जातीय र लिंङ्गिय हिसाबले सबैभन्दा पिँधमा परेको शोषित–पीडित श्रमिक बर्गले माफियासंग समाहित हुनै सक्दैन । एकाध कुनै वाद, बाट परेछ भने भाग्यको लेखान्तर एउटा श्रमिकले लित्कोपित्को नपाउला भन्न सकिदैन । श्रमिकलाई नै देखाएर उनैलाई प्रयोग गरेर उनकै शोषण गर्ने प्रथालाई नभत्काएसम्म नबदलेसम्म श्रमिक दिवसमा श्रमिकको सम्मान हुने र श्रमिकको लागि नीति बनेर श्रमिक दिवस श्रमिकको पहुँचमा पुग्नै सक्दैन । श्रमिक दिवस श्रमिक बर्गकै नेतृत्व, पहुँच र नियन्त्रणमा हुने दिन कहिले आउला ? अनुमान गर्नसम्म सकिँदैन । बरु श्रम मन्त्रालय, ट्रेड युनियन, सत्ता, परियोजना, बिदेशी नियोगमा बसेर श्रमिकको लागि राष्ट्रिय अन्तराष्ट्रिय र स्थानिय स्तरमा समेत उनै माफियाधारी ब्यक्तिहरु सम्मानित हुन्छन् । देश बिदेश सयर गर्छन र श्रमिकको नाउँमा टाउकोमा टेकेर गिर खेल्छन । उनै माफियाको आसन ग्रहणमा, उनको बाचन र प्रवचन सुन्न, उनकै अरनखटनमा हस्याङ फस्याङ गर्दै तल बस्न र तालि हान्न भने श्रमिक नै नपुगि धरै छैन । किन कि माफियाले चलाएको संरचनामा यो कायम हुन्छ । आदेश पालना त के माफिया लाई प्रश्न गरे जिविकोपार्जन बन्द गरिदिन्छ । माफियालाई फेसबुक वा मेसेन्जरमा केही लेखी दिए रेष्पोन्स छोड्छ वा बल्क गरिदिन्छ । उसकै कार्यक्रममा तालि पिटेर माफिया सम्मानित भएपछि माफिया पद्वोन्नति हुन्छ । यी सबको माफियावादि ठुला मिडिया हाउसले उसै बर्गको समाचार संप्रेशण गर्छ । बिचरा श्रमिक दिवस मनाउने श्रमिक मानव हो तर उ शोषणमा परिरहेको हुन्छ लगातार । फेरि बर्ष साल फेरिन्छ, संबिधान, कानून बदलिन्छ तर श्रमिकलाई सम्मान गर्ने र श्रमबाट पालिएका माफियातन्त्रको चंगुलमा श्रमिकले केही पांउदैन । जबसम्म माफियावाद र माफियातन्त्रलाई श्रमिकले गलाउन र ढलाउन सक्दैनन् । श्रमिक त के श्रमिकको चौकिदार र साना मालिकले समेत केही पाउदैनन् बरु गुमाउँछन । यसैले आउनुहोस !! श्रमिक दिवसको सार्थकता बुझेर श्रमिकका लागि केही गरौं, श्रमिकले पनि आफ्नै सचेतताबाट सावधानि होआंै । हामी हुनुको फरक र म हुनुको फरक यसैमा जिएर यसैमा मृत हुने छ ।

थापा सामाजिक अभियान्ता एवं लेखक हुन।