नेपालमा भारी वर्षा र चट्याङको संभावना

1074
views

काठमाडौं । समुद्री आँधी चक्रवात ‘फानी’ नेपालमा आउने सम्भावना नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । चक्रवात ’फानी’ हाल बंगालको खाडीमा ओडिसाको तटीय क्षेत्र नजिकै अवस्थित छ । शुक्रबारबाट यो प्रणाली भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने (Landfall) सम्भावना छ । भित्रिएपश्चात् यो प्रणाली फेरी उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभाव भने नेपालमा देखिने अनुमान महाशाखाले गरेको छ । शुक्रबार र शनिबार मौसम प्रभावित भइ पूर्वी र मध्यका स्थानमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

हिमाली भू(भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ।साथै देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हिमाली भू–भागमा पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि भने देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ । अन्नपूर्ण पोष्टबाट