धौलागिरीका ६ सर्जक पुरस्कृत

824
views

निर्मल पौडेल
पर्वत । पर्वत साहित्य संगम कुस्मा पर्वतले प्रदान गरिने यस वर्षका विभिन्न ६ उत्कृष्ट साहित्य पुरस्कारहरु धौलागिरीका ६ सर्जक तथा साहित्यकारहरुलाई प्रदान गरेको छ । पर्वत सदरमुकाम कुस्मा वजारको नमुना आवासिय माध्यमिक विधालयमा वृहत साहित्यकारहरुको भेला संगै औपचारिक कार्यक्रमको आयोजना गरी प्रदान गरिएको हो ।

२०५४ सालमा स्थापना भएर नेपाली भाषा साहित्य र कला र संस्कृतिको क्षेत्रमा निरन्तर लागि परेर धौलागिरीकै अग्रज साहित्य संस्थाको रुपमा परिचत पर्वत साहित्य संगमको मातहतमा रहेका विभिन्न ६ वटा पुरस्कारहरु समर्पण गरिएको हो । सो पुरस्कार पर्वतका राष्ट्रिय सरल कवी शान्तिनारायण श्रेष्ठ, वाग्लुङका प्राज्ञ पे्रम छोटा, काजि रोशन, म्याग्दीका धु्रवलाल शर्मा, पर्वतकी नारी स्रष्टा कृष्णादेशी शर्मा श्रेष्ठ र पर्वतकै वाल प्रतिभा प्रकृती शर्माले प्राप्त गरेका छन् ।

सम्मानित व्याक्तित्वहरुलाई प्रदान गरिएका पुरस्कारहरुमा डिल्लीराम शर्माद्धारा स्थापित डिल्लीराधा साहित्य पुरस्कारवाट शान्तीनारायण श्रेष्ठलाई नगद रु १० हजार, सम्मान पत्र र दोसल्ला, पर्वत साहित्य संगमको आफ्नै स्थापनार्थ पर्वत साहित्य संगम साहित्य पुरस्कारबाट वाग्लुङका प्राज्ञ पे्रम छोटा लाई नगद रु १० हजार सम्मान पत्र र दोसल्ला, इन्द्रमान खत्रीलाई गजेन्द्र वहादुर खत्रीद्वारा स्थापित मान पदम स्मृती साहित्य पुरस्कार वाग्लुङका काजि रोशनलाई नगद रु १० दश हजार सम्मानपत्र र दोसल्ला, यसैगरी इन्द्रकुमार विकल्पद्वारा स्थापित गोपी नन्द स्मृती साहित्य पुरस्कार म्याग्दीका साहित्यकार ध्रुवलाल शर्मालाई नगद रु १० हजार सम्मान पत्र र दोसल्ला समर्पण गरिएको हो ।

नमुना आवासिय माध्यामिक विधालय कुस्माले स्थापना गरेको नमुना साहित्य पुरस्कार पर्वतकी नारी स्रष्टा कृष्णादेवी शर्मा श्रेष्ठलाई नगद रु १० हजार सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसैगरी मुस्ताङका युवा साहित्यकार शुशिलवावु थकाली द्धारा स्थापित संस्कृती वाल प्रतिभा पुरस्कार पर्वतकी वाल प्रतिभा प्रकृती शर्मा लाई नगद रु ५ हजार सम्मानपत्र र दोसल्ला ओढाएर प्रदान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा त्रिभुवन विश्व विद्यालय सभा सिनेटर प्राध्यापक डाक्टर दिन वहादुर थापाले पर्वत साहित्य संगमले साहित्यको क्षेत्रमा पु¥याएको योगदान समग्र धौलागिरी लगायत देशमै अतुलनिय रहेको वताए ।

कार्यक्रममा पर्वत साहित्य संगमका अध्यक्ष तथा राजेन्द्र पहाडीले सम्मानित सवैमा थप प्रगतीको शुभेक्षा प्रकट गर्दै साहित्यलाई अझै शसक्त बनाउन आँफु र संगम निरन्तर लागिपर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

कार्यक्रममा म्याग्दीका साहित्यकार गणनाथ पौडेलद्वारा रचित महाकाव्य प्रायश्चितको समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा पर्वत वाग्लुङ म्याग्दी मुस्ताङका साहित्यकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा संगमका सल्लाहकार लक्ष्मी प्रसाद शर्मा पौडेल,लक्ष्मीराज शर्मा , यम ढुङगाना केसी, गोविन्दप्रसाद भुसाल ,शिक्षाविद् वसन्त सिके, पर्वत उद्दोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा , नेकपा पर्वतका नेता गोविन्द पहाडी ,नेटा तथा पुस्तक स्टेशनरी व्यावसायी पर्वतका अध्यक्ष देव शर्मा, प्रध्यापक पृथ्विनारायण शर्मा , धौलागिरी वहुमुखी क्याम्पसका उप प्रध्यापक हरी प्रसाद पाण्डे, सरोज राज पन्त,इन्द्रा श्रेष्ठ महेश चन्द्र प्रधान शिव शरण ज्ञावलीे , संगमका उपाध्यक्ष डि आर शर्मा, कोषाध्यक्ष मिना गुरुङ , माधुरी साहित्य प्रतिष्ठानका अध्यक्ष सरस्वती शर्मा जिज्ञाशु ,सरस्वती भण्डारी,नेपाली भाषा परिषद पर्वतका अध्यक्ष आनन्द रिमाल,¥याण्डम रिडर्स सोसाईटीका लेखनाथ शर्मा उपाध्याय, ,नमुना साहित्य मञ्च पर्वतका सल्लाहकार निर्मल पौडेल एन.पी घायल, प्रगतीशिल लेखक संघ पर्वतका अध्यक्ष किशोर मनस्वी, हातेमालो साहित्य संगम वाग्लुङका सचीव मगर प्रेम, साहित्यकार दिपसागर पौडेल, सिता पौडेल लगायत संगमका संस्थापक देखी सम्पुर्ण कार्यसमितीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा कृष्णादेवी शर्माले कृष्णाउद्दोग साहित्य पुरस्कार उद्दोग वहादुर श्रेष्ठ संरक्षक रहने गरी रु ५० हजार वरावरको अक्षयकोष स्थापना गरेकी छिन् ।

यस्तै शुशील वावुले वाल प्रतिभा पुरस्कारलाई रु ३० हजार थप गरे । पर्वत साहित्य संगम कुस्मा पर्वतका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक इन्द्रकुमार विकल्पको स्वागत मन्तव्य निवर्तमान इन्द्रमान खत्रीको शुभकामना मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संगमका सचिव खेमराज शर्मा चापागाईले गरेका थिए ।