इलाका प्रशासन कार्यालयमा नै कुकर बम विस्फोट

624
views

सप्तरी, ६ जेठ । बोदे बसाइनस्थित इलाका प्रशासन कार्यालय सप्तरीमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बम विस्फोट गराएको छ । शुक्रबार राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन । शुक्रबार राति १२ बजेतिर कार्यालयको भुइँतल्लामा बिष्फोट भएको प्रहरीले जनाएको छ ।
बिष्फोटका कारण बाहिर राखिएको एउटा शोकेस फुट्नुबाहेक कुनै क्षति नभएको प्रहरीको भनाई छ ।
यसैबीच बिष्फोटको जिम्मेबारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले लिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै बिष्फोटको जिम्मा लिएका हुन् ।