चट्याङ पीडितलाई आर्थिक सहयोग

464
views

निर्मल पौडेल
पर्वत । पर्वतको मोदी गाउँपालीकामा गत वैशाख २ गते चट्याङ लागेर मृत्यु भएकी तारा देवी पुनको परिवारलाई नगद रु एकलाख हस्तान्तरण गरिएको छ ।
जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सहितको एक टोली आईतवार उनकै घरमा पुगेर पीडित परिवार लाई जिल्ला विपत व्यवस्थापन कोषको तर्फवाट नगद रु १ लाखको चेक तारादेवीका श्रीमान् प्रेम पुन लाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण गर्दैै प्रजिअ ढकालले प्राकृतिक विपत्ती वाट शोकमा रहेका तारादेवीका परिवार लाई शोक लाई शक्तीमा वदल्नुपर्ने भन्दै समवेदना प्रकट गरेका थिए । नेपाल सरकारको विपत व्यवस्थापन कोष मार्फत विपतमा परेका हरुलाई राहत तथा उद्दार गर्ने रकम अन्र्तगत पीडाको घाउमा थोरै भएपनी मल्हम लगाउन आँफुनै स्वयं पीडित परिवार लाई भेट्न पुगेको वताए ।

त्यस्तै ढकालले आगामी दिनमा पनी अन्य राहतका लागी पनी आँफुले पहल गर्ने वताए । कार्यक्रममा जिल्ला अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडी, मोदी ४ का वार्ड सदस्य चित्र वहादुर चोचाङ्गी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली,वैशाली कृषि सहकारीका अध्यक्ष गणेश पुन लगायतको उपस्थिती रहेको थियो ।

वैशाख २ गते रातीको ८ वजेको समयमा ताराका श्रीमान् ,३ वर्षका सानो छोरा र उनी सुतिरहेको समयमा चट्याङ परेको थियो । चट्याङ लागेर तिनै जना वेहोश भएका थिए । वावु र छोराको होस आएपनि तारालाई उपचारको लागी जिल्ला अस्पताल पर्वत लैजाँदै गर्दा वाटोमानै मृत्यु भएको थियो ।