साथपाए फेरी जंगल जान सक्छु–प्रचण्ड

1122
views

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफु फेरी जंगल जानपनि तयार रहेको बताएका छन् ।

आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृति कार्यक्रममा बोल्दै दाहालले ‘तपाईंहरुले साथ नदिए एक्लै जोगी भएर त जान्न’, तर, ‘तपाईंहरु साथमा हुनुभयो भने हेर्नुहोला म अर्को एउटा ‘क्लाइमेक्स’मा पार्टीलाई आन्दोलनमा लगेर मात्र माथि जाने विचारमा छु।’

दाहालले ‘आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको छ, पार्टी पनि विशाल छ, तर तपाइँ हामी एक्लै छौं जस्तो भएको छ ।’ उनले प्रश्न गरे हामी कता गइरहेका छौं ?

पार्टीभित्रको रोदन पोख्दै दाहालले भने ‘पहिला अलि टाढाबाट आएको साथी भेट्दा गर्वले छाति फुलाउने तपाइँ, हामीहरु अहिले देख्दा पनि नदेखेको झैं गर्ने र बोल्नै नपरेजस्तो गर्न थालेका छौं ।’ अध्यक्ष दाहालले भने ‘ आफुलाई जंगल जान कुनै कठिन छैन् ।’