व्यक्तिले हडपेको सरकारी जग्गा सरकारमातहत ल्याउने तयारी

701
views

काठमाडौं, २३, बैशाख । सरकारले व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन मन्त्री परिषद्मा प्रस्ताव लैजाने तयारी थालेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउनेगरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ ।

व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव हाल भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा छ ।

ललितानिवासलगायत देशभर व्यक्तिका नाममा गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रिया थालिएको मन्त्री अर्यालको भनाई छ ।

‘ललितानिवासलगायत देशभर अतिक्रिमित भएका जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरषद्मा प्रस्ताव लैजान तयारी भएको मन्त्री अर्यालले भनिन् सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव जान्छ ।’

मन्त्रालयका अनुसार ललितानिवासअन्तर्गतको हडपिएको ४ सय ५० कित्ता जग्गा सरकारको नाममा फर्काउन प्रस्ताव गरिएको छ ।