बडागाउँ–कैया झोलुङ्गे पुलमा सार्वजनिक शौचालय निर्माण

323
views

पर्वत, ६, जेठ । बडागाउँ–कैया झोलुङ्गे पुलमा सर्वसाधारणको लागि सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वत अन्र्तगत पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजनाको ७ लाख २४ हजार ६ सय ४६ रुपैयाँ ६८ पैसाको लागत स्टिमेटमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको ईन्जिनियर दिनेश तिमिल्सिनाले जानकारी दिनुभयो ।
तिमिल्सिनाले भन्नुभयो ‘जिल्ला विकास समितिको चार लाख ५० हजार रुपैयाँ र बाँकी रकम समतिले नै जुटाएर सर्वसधारण तथा पर्यटकहरुका लागि सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।’ शौचालय निर्माणका लागि जिविसको दुईलाख २५ हजार रुपैयाँबाट शुरु गरिएको र थप रकम कुश्मानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएको सार्वजनिक शौ चालय निर्माण समितिका अध्यक्ष मान कुमारी गिरीले बताउनुभयो ।
उक्त ठाउँमा ३ शौचालय र एक सार्वजनिक शौचालय रेखदेखको भवन निर्माण गर्न लागिएको छ, गिरीले भन्नुभयो ‘कुश्मानगरपालिकाले आवश्यक रकम दिने प्रतिवद्धता जनाएको भएपनि सम्झौता भएको छैन् ।’ नगरपालिकाले आर्थिक सहयोग नगरेको अवस्थामा निर्माण समिति आफैले रकम जुटाएर शौचालय भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।