क्रान्तिकारी पत्रकारले अभियान तिब्र बनाउँदै

548
views

विष्णु विकिरण । क्रान्तिकारी पत्रकार महासंघ ३ नं प्रदेसका संयोजक रनसुर महतराले आफ्नो संगठनले अब अभियानलाई तिब्र बनाइने बताए ।

ललितपुरको कुपन्डोलमा आयोजित सो बैठ्कमा बोल्दै महतराले भने ‘अब संगठनले क्रियाशील पत्रकारलाई मात्र स्थान दिनुपर्दछ ।’ उनले पत्रकारहरु पार्टीका सदस्य बनेर काम गर्ने र स्वतन्त्ररुपमा काम गर्न नसक्ने हो भने पेशा छाडेर बस्दा मर्यादित हुने बताए ।

बैठकमा उपस्थित संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउतले पत्रकारलाई सरकारले ५ वटा बन्देज कानून ल्याएको भन्दै विज्ञापनमा गडबढ भएमा बिसहजार जरिवाना र ५ वर्ष जेल हाल्ने कानुन, अनुमति लिएर मात्र फोटो खिच्न पाउने प्रावधान, विद्युतीय कारोवार ऐनमा रहेका केही त्रुटिहरु बुँदाहरु, सूचना पास सम्बन्धी नचाहिने प्रावधान र साना ठुला मिडिया बीचको भेदभावले अब पत्रकार पेशामा संघर्ष नगरि टिक्नै नसकिने बताए ।

कार्यक्रममा नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले पार्टीको कुरालाई हाइलाइट गर्न मिडिया कै महत्वपूर्ण भूमिका हुन्छ । विगहाउसले हाम्रा न सकारात्मक न नकारात्मक कुराको न्युज दिन्छन् । न्युजका लागि मिडियाकर्मीको मुख्य भूमिका हुन्छ । बैठकमा ३ नं प्रदेशका विभिन्न जिल्लाबाट विशेष प्रतिनिधि पत्रकारहरु उपस्थित थिए ।