निर्वाचन उपयोग र भण्डाफोरको द्वन्द्ववाद

750
views

-इन्द्रमोहन सिग्देल
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०को केन्द्रीय समितिको विस्तारित बैठक यही चैत्र १५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आउने ०७४ सालको बैशाख ३१ गतेका लागि जुराईएको स्थानीय निर्वाचनबारे हाम्रो पार्टीको नीति के हुने भन्ने विषय यो विस्तारित बैठकमा छलफलको मूल एजेण्डा थियो । जम्मा १८६ जना नेता तथा कार्यकर्ताको सहभागितामा दुई दिनसम्म चलेको घनिभूत बहस र छलफलका बीचबाट के।स।को यस विस्तारित बैठकले आगामी स्थानीय निर्वाचनको क्रान्तिकारी उपयोग गरेर संसदीय व्यवस्थाको राष्ट्रघाती तथा जनविरोधी अन्तरवस्तु र संसदवादी पार्टीहरुको राष्ट्रघात तथा जनघातको भण्डाफोर गर्ने कार्यनीति अवलम्बन गरेको छ । यो सबैले बुझेको कुरा हो कि प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने जुनसुकै तहको निर्वाचन एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका निमित्त नितान्त कार्यनीतिको प्रश्न हो । त्यो कार्यनीतिले पार्टीको रणनीतिको सेवागर्ने र त्यसैको मातहतमा रहने हुनाले यसबारे आम पार्टी पंक्ति स्पष्ट हुनु जरुरी छ । यो लेख यसैको सेरोफेरोमा केन्द्रित रहने छ ।
हाम्रो पार्टीको न्युनतम रणनीति नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु हो । यो क्रान्ति शान्तिपूर्ण ढङ्गबाट सम्पन्न हुन सक्दैन । त्यसका लागि बल प्रयोग अनिवार्य छ र वर्तमान परिस्थितिमा त्यसको स्वरुप सशस्त्र जनविद्रोह हुनेछ । यो पार्टीको सैन्य कार्यदिशा हो । हाम्रो पार्टीले अवलम्बन गर्ने कुनै पनि कार्यनीति यो सैन्य कार्यदिशा मार्फत नयाँ जनवादी क्रान्तिको रणनीतिलाई पुरागर्न सहयोग गर्ने हुनु अनिवार्य छ । त्यो संसदवाद, दक्षिणपंथी संशोधनवाद, नवसंशोधनवाद सहित माक्र्सवाद–लेनिनवाद–माओवादविरोधी आम गलत प्रवृत्तिहरुका विरुद्ध खडाहुनु जरुरी छ । एउटा क्रान्तिकारीले कहिल्यै बिर्सन नहुने कुरा के हो भने क्रान्तिको रक्षा र विकासका निमित्त सामान्यतः सबैखाले दक्षिणपंथी अवसरवाद र हाम्रो विशिष्टतामा नवसंशोधनवादलाई परास्त गर्नु पहिलो शर्त हो । गलत विचारको खरानीमा मात्र सही विचार मौलाउंछ र सही विचारका आधारमा निर्माण भएको संगठनले मात्र क्रान्तिकारी वर्गसंघर्षलाई अगाडि बढाउन सक्दछ । यो एउटा वैज्ञानिक सत्य हो । एउटा मालेमावादी कम्युनिस्ट पार्टीले यही सत्यका आधारमा आनो कार्यनीतिको विन्यास र विकास गर्नु पर्दछ ।

एउटा कम्युनिस्ट पार्टीले निर्वाचनको उपयोग पनि गर्न सक्दछ र वहिस्कार पनि । यही गर्नुृ पर्छ भन्ने त्यस्तो केही बनिबनाउ मान्यता छैन । के गर्ने भन्ने कुरा सम्बन्धित पार्टीको मनोगत इच्छाद्वारा निर्धारित गर्ने विषय पनि होईन । जनताका बीचमा क्रान्तिकारी विचारको विस्तार गर्न र त्यसका आधारमा वलियो संगठनको जग बसाउन वहिस्कार वा उपयोग कुनचाहीं बिधी बढी सहयोगी हुन्छ त्यसैलाई पार्टीले आनो कार्यनीति बनाउनु पर्दछ । ठोस परिस्थितिको ठोस विश्लेषण र त्यसको वैज्ञानिक संश्लेषणले हामीलाई सही निस्कर्षमा पु¥याउंछ । यही भएर लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण भनेको माक्र्सवादको आत्मा हो भन्नु भएको थियो । यसलाई हामीले राम्रोगरी आत्मसात गर्नु पर्दछ ।
वर्तमान नेपालीे राजनीतिक परिस्थितिका खास विशेषताहरु रहेका छन् । देशमा एउटा संविधान बनेको छ तर त्यसको राष्ट्रघाती तथा जनविरोधी चरीत्रको आम जनताका बीचमा पर्दाफास भै सकेको छैन । क्रान्तिको आवश्यकता अरु बढेर गएको छ तर क्रान्ति उभारको अवस्थामा छैन । स्थानीय निर्वाचन प्रति जनताको एउटा ठूलो हिस्साकोे चासो बढेको छ तर त्यस प्रति

वितृष्णा पैदा भैसकेको छैन । क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ, तर त्यसको प्रतिक्रियाकाल अझै सकिएको छैन । क्रान्तिका निमित्त सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने आवश्यकता एकदमै बढेर गएको छ तर त्यसले जनतालाई त्यति धेरै आकर्षण गर्ने स्थिति देखिंदैन । स्थानीय निर्वाचन जनताका विकास निर्माणका समस्याका तुलनामा राष्ट्रिय राजनीतिसंग कम जोडिएको हुन्छ । यो बहिस्कारको विधीबाट भन्दा उपयोग र भण्डाफोरको विधिबाट जनतासम्म पुग्न सहज हुने परिस्थिति हो । तसर्थ यो अवस्थामा पार्टीको क्रान्तिकारी विचारलाई जनतासम्म पु¥याउन र जनताका बीचमा संगठन निर्माण गर्नका लागि निर्वाचनलाई बहिस्कार गर्ने नीति भन्दा उपयोग गर्ने नीति नै पार्टीको लागि बढी उपयोगी हुने कुरा स्पष्ट छ ।तर, नेपालमा सामान्यतः बहिस्कारलाई क्रान्तिकारी र उपयोगलाई सुधारवादी कार्यनीति मान्ने मानसिबहिस्कार सधैं क्रान्तिकारी र उपयोग सधै सुधारवादी हुन्छ भन्ने ठान्नु हुदैन । बहिस्कार क्रान्तिकारी मात्र होईन सुधारवादी पनि हुन सक्छ । त्यति मात्र होईन, बहिस्कार क्रान्तिकारी, अवसरवादी र प्रतिक्रियावादी तीनै प्रकृतिका हुन सक्छन् । प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारेर त्यसका ठाउमा क्रान्तिकारी सत्ता निर्माणको पक्षमा रहने मालेमावादी विचार र राजनीतिक उद्देश्य सहितको निर्वाचन बहिस्कार क्रान्तिकारी हुन्छ । तर, त्यही बहिस्कार प्रतिक्रियावादी सत्तामा सुधार गरेर आंशिक फाईदा लिनका लागि गरिन्छ भने स्वभावतः त्यो अवसरवादी कार्यनीति हुन्छ । त्यस्तै, कुनै राजनीतिक पार्टीले सत्ताको प्रतिक्रियावादी चरीत्रको रक्षा र समृद्धिका लागि निर्वाचनको वहिस्कार गर्छ भने त्यो प्रतिक्रियावादी कार्यनीति हुन्छ ।                      moolbato