‘यो जनताको सरकार हैन’–रेखा थापा

849
views

काठमाडौं । कलाकार तथा नायिका रेखा थापाले बर्तमान सरकार जनताको सरकार नभएको बताएकी छिन् । उनले यो सरकारलाई जनविरोधी भएको भन्दै राज्यमा बसेकाहरुले देश बेचीसकेको बताएकी छिन् ।नायिका थापाले देशभक्त युवाहरुलाई चुप लागेर नबस्न आग्रह समेत गरेकी छिन् ।

नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्धारा आयोजित कार्यक्रमलाई काठमाडौंको बानेश्वरमा सम्बोधन गर्दै अभिनेत्री तथा निर्माता थापाले सरकारलाई च्यालेन्ज दिंदै भनिन् ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस् ।’

सिंह दरबार बालुवाटार सत्तामा बस्नेहरुको नभएको भन्दै थापाले भनिन ‘यो देश,यो सत्ता,यो सिँहदरबार, यो बालुवाटार तिमीहरुको बाउ बाजेको सम्पत्ति होइन, जनताको हो । आफू नागरिकको हैसियतमा सडकमा आएको बताउँदैं रेखाले लुटतन्त्र हटाएरै छाड्ने बताईन ।

उनले भनिन् “अब युवा जागिसकेको छ, हातमा कलम र कपि लिएर घोकन्ते विद्यामा लिप्त नहुनुस, देश बेचिसकेका छन् यी देशका दलालहरुले यो मेरो प्रतिबद्धता हो । यो देशको छोरी र नागरिक हुनुको हैसियतले मैले देशको र जुन यो देशका नागरिकले मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु भएको छ त्यसको ऋण तिर्ने बेला आएको छ, म मेरो देश र जनताको लागि मर्न पनि तयार छु ।”